एक वर्षमा १०९४ अंकले बढ्यो शेयर बजार

४ बर्ष अगाडि

काठमाडौं - नेपालको शेयर बजार पछिल्लो एक वर्षमा १०९४.५० अंकले बढेको छ । २०७७ असोज मसान्तमा १५६२.५ बिन्दुमा रहेको नेप्से पूँजी बजार सूचकांच २०७८ असोज मसान्तमा २६५७.० बिन्दुमा पुगेको हो ।  

वि.सं. २०७८ असोज मसान्तमा धितोपत्र बजार पूँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । वि.सं.२०७७ असोज मसान्तमा बजार पूँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रहेको थियो ।

वि. सं. २०७८ असोजमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ४१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । 

२०७७ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७०.७० प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.६० प्रतिशत, लगानी कम्पनीको ७.१० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१० प्रतिशत, होटेलको हिस्सा १.४० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.६० प्रतिशत रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया