काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा पुगेको छ । नेप्से २.५५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १४.९२ अंकले बढेर ५२१.४६ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२७ वटा कम्पनीको एक करोड ९३ हजार २ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।
मंगलबार पनि महालक्ष्मी विकास बैंक लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । बैंकको ३७ करोड २६ लाख ८८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज आधा दर्जन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल टेलिकम, नेपाल बङ्गलादेश बैंक, अपर तामाकोशी, पञ्चकन्या माइ हाइड्रोपावर, मैलुङ खोला जलविद्युत र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।
आज विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य २.३७ प्रतिशतले घटेर एक हजार ६ सय ५० रूपैयाँमा झरेको छ । संस्थाले आजै मात्र लाभांश घोषणा गरेको थियो ।
प्रतिक्रिया