काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार मेगा म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदौ १० गतेसम्म बिक्री गरेको इकाई नेप्सेमा सूचिकृत भएको हो ।
फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि MMF1 सिम्बोल प्रदान गरिएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम योजनाको आकारमा २५ प्रतिशत इकाई थप गरी १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको थियो ।
प्रतिक्रिया