रेडियो फ्रिक्वेन्सीमा समस्या आउँदा काठमाडौंबाट बाहिर जाने उडानहरु प्रभावित

७ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोगमा ल्याएको रेडियो फ्रिक्वेन्सीमा समस्या आउँदा काठमाडौंबाट बाहिर जाने उडानहरु प्रभावित भएका छन् । 
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बिहान ९ः३० बजेदेखि रेडियो फ्रिक्वेन्समिा केही समस्या आएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जानुपर्ने विमान उड्न सकेको छैन ।
क्षेत्रीका अनुसार फ्रिक्वेन्सीमा समस्या आएको कारण एप्रोज र एरियामा समस्या भएको थियो । यद्यपी एप्रोचको समस्या भने अहिले समाधान भइसकेको छ । अब एरियाको समस्या समाधान भएपछि उडान नियमित हुने उनले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया