काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार दुई लघुवित्तको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले आज लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ६०८.८३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ९३०.६० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ७.३७ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा आयोजना गरेको हो ।
त्यस्तै, नेप्सेले आरएसडिसी लघुवित्तको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७९२.७३ तोकेको छ । कम्पनीको सोमवार रू. ८७२ मा अन्तिम कारोबार भएको थियो ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १० गते साधारण सभा बोलाएको छ ।
सभा बिहानको ९ बजे एशियन होटल कालिकानगर, बुटवल, रुपन्देहीमा हुने कम्पनीले जानकारी गराएको छ ।
दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया