सुपर मादी साढे ३१ करोड बराबरको आईपीओ निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं, सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्ने ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

उक्त नियुक्तिसम्बन्धी सम्झौता आइतबार भएको हो। सम्झौतामा सुपर मादी हाइड्रोपावरका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्। 

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले सेयर निष्कासनको अनुमतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेस गरिसकेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया