टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले पाउने भए कार्यकाल सकिएपछि फेरी पुरानै पदमा फर्किने

४ बर्ष अगाडि

काठमाडौं, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी कर्मचारी विनियमावली २०७८ मा लोकसेवा आयोगले पहिलो संसोधन लागू भएसँगै पुरानै तहमा फर्किएर काम गर्न पाउने भएका हुन ।

अधिकारी बाहेक अब आउने नेपाल टेलिकमका आगामी प्रबन्ध निर्देशकले अब कम्पनीबाट कार्य अवधि पुरा भएसँगै स्वतः अवकाश पाउने भएका छन् ।

संसोधित विनियमावलीमा राखिएको प्रवधान अनुसार कम्पनीका कुनै कर्मचारीले ११ औं तहमा ५ वर्ष सेवा अवधि पुरा गरेको खण्डमा वा कुनै कर्मचारीले १० औं तहमा ८ वर्ष सेवा अवधि पुरा गरेको खण्डमा पनि स्वत अवकाशमा जाने भएको हो ।

यो भन्दा अघि प्रबन्ध निर्देशक पदबाट अवकास पाएपछि पुरानै तहमा फर्किने प्रवधान थियो । यस कर्मचारी विनियमावलीले कार्यकाल सकिएलगतै कम्पनीबाट स्वत अवकाश लिनुपर्ने भएको छ ।

गत केहि महिना अघि टेलिकम कर्मचारी युनियनले टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले अवकाश पाउनुपर्ने माग राख्दै ३१ दिन अन्दोलन गरेको थिए । अधिकारी एमडिमा नियुक्त हुनु अघि १० औं तहका कर्मचारी थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया