अब शेयर बजारको यात्रा मंगलबारको कारोबारले देखाउनेछ नेप्से २५०० कि ३००० ?

४ बर्ष अगाडि

काठमाडौं, नेप्से परिसुचक २८७७ को बिन्दुबाट ४ दिनसम्म निरन्तर झरेर करिब २६६८ को बिन्दुसम्म आइपुगेको थियो तर आज पुनः परिसुचक २६.४४ अंकले बढेर हरियो  क्यान्डल बनाउदै २७१५.३५ मा क्लोज भएको छ ।

आज बनेको क्यान्डललाई प्राबिधिक विश्लेषणको भाषामा 'डोजि क्यान्डल'भन्ने गरिन्छ । यसले बजारमा खरिदकर्ता र बिक्रीकर्ताको समान उपस्थिति रहेको देखाउछ । आजको बजारमा खरिदकर्ता र बिक्रिकर्ता समान रुपमा हावी भएको अवस्था हो।  डोजि क्यान्डल बनिसकेपछिको अर्को कारोबारको क्यान्डलले बजारको आगामी दिशालाई निर्देशित गर्ने गर्दछ । त्यसैले भोलिको कारोबारले बजार माथि जाने कि तल जाने भन्ने कुराको मार्गदर्शन गर्न सक्ने सम्भावना रहेको छ । 

अब बजारमा एकदमै ख्याल गर्नु पर्ने बिन्दुहरु भनेका २७५० र २६८३ हुन् । भोलिका दिनहरुमा बजार बढ्दै गएर २७५० माथि राम्रो भोलुम सहित क्लोजिंग दिन सक्ने परिस्थिति बनेमा बजारमा ठुलो मुभ आउन सक्ने सम्भावना रहन्छ भने बजार घट्दै गयो र २७८३ भन्दा तल क्लोजिंग दिने परिस्थिति बन्यो भने बजार अझै तल झर्न सक्ने सम्भावना रहन्छ । यी दुइ बिन्दुहरुलाई लगानीकर्ताहरुले विशेष रुपमा हेर्नु पर्ने देखिन्छ ।

यदि २७५० को बिन्दुलाई क्रस गर्दै राम्रो भोलुम सहित बजार माथि जाने परिस्थिति बनेको अवस्थामा यो भन्दा अघिको हाइ २८७७ को टार्गेट बन्न जान्छ । सो बिन्दुबाट समेत बजार माथि जाने अवस्था बन्यो भने ३००० को बिन्दु अर्को टार्गेट बन्नेछ।  अर्कातर्फ बजार घटेर २६८३ भन्दा तल क्लोज भयो भने बजार अझ झर्दै २६०० को बिन्दुमा एउटा टेवा लिने र यदि सो बिन्दुबाट पनि तल खसेमा  २५६५ को बिन्दुलाई बलियो सपोर्ट बनाउन सक्ने देखिन्छ ।  

बुँदागत रुपमाः

१. आजको कारोबारको प्याटर्नले स्पष्ट रुपमा बजारको दिशालाई निर्देशित गर्न सकेन । भोलिको बजारले धेरै हदसम्म अबको यात्रा 'अप कि डाउन'भन्ने कुरा बताउनेछ । 

२. नेप्से परिसुचकले २७५० बिन्दुलाई राम्रो भोलुम सहित क्रस नगरेसम्म बजारमा ठुलो मुभ आउन सक्दैन । 

३. २६८३ भन्दा तल भोलुम सहित क्लोजिंग दिएको खण्डमा बजार अझै केहि तल झर्न सक्ने सम्भावना रहन्छ ।(अर्थसञ्चार)

61923a921cabd.png

४ बर्ष अगाडि

प्रतिक्रिया