शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च र प्रहरी हस्तक्षेप प्रति पत्रकार महासंघ ध्यानाकर्षण

४ बर्ष अगाडि

काठमाडौं, नेपाल पत्रकार महासंघले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति चिन्ता व्‍यक्त गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति पनि महासंघको ध्यानाकर्षण भएको छ । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।’

यस्तै महासंघले पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट भएको कार्य निन्दनीय भएको भन्‍दै संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

शक्तिपृथकीकरणको सिद्धान्तको सही अभ्यासमा गम्भीर हुन महासंघ सम्बन्धित निकायसँग आग्रह समेत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया