१२ हजार ४०२ जनाको परीक्षणमा थप ४१६ जनामा संक्रमण, १ को मृत्यु र कति संक्रमण मुक्त ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ४१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०२ जनामा गरिएको नमूना परीक्षणमा ४१६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा २७० जना निको भएर फर्किएका छन् । हालसम्म देशभर ७ लाख ९८ हजार ५४४ जना संक्रमण मुक्थ भएका छन् । 

सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ । देशभर मृतकको कुल संख्या ११ हजार ४७८ पुगेको छ । अहिले देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया