काठमाडौं, आशा लघुवित्त वित्तीय संस्थाले पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका हुन् ।
साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया