सोमबार शेयर बजारमा  दोहोरो अंकको वृद्धि, महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार

४ बर्ष अगाडि

काठमाडौं, साताको दोश्रो कारोबार दिन (सोमबार) शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । 

नेप्से परिसूचक आज २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा पुगेको छ । नेप्से ०.९८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.१० अंकले बढेर ५०६.५४ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।

सोमबार पनि महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३५ करोड ४६ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज बोटलर्स नेपाल तराई र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराईको सेयरमूल्य १० प्रतिशतले बढेर १३ हजार ७ रूपैयाँ ५० पैसा पुगेको छ । मानुषी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार एक सय २३ रूपैयाँ ६० पैसा पुगेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । 

आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया