काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) अपि पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार कम्पनीको १०.५० प्रतिशत बोनस बापतको २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएको हो ।
अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएको कम्पनीको अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले १स्०।३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
प्रतिक्रिया