काठमाडौं - रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक बर्षको तुलनामा उक्त नाफा २७.७३ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२४ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यसैगरी, हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ र जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी २९ रुपैयाँँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७८ पैसा छ ।
हाल यो कम्पनी र रिडी हाइड्रोपावरका बिचमा मर्जरका प्रारम्भिक सम्झौता भइसकेकाले यो कम्पनीको सेयरको दोस्रो बजार कारोबार रोक्का गरिएको छ ।
प्रतिक्रिया