काठमाडौं– सरकारले मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाकी लागि नेपाली राजदूत लक्की शेर्पालाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।
सरकारले पदीय मर्यादा विपरितको गतिविधि गरेको गुनासो आएपछि सुरुमा स्पष्टिकरण सोधेको थियो भने त्यसपछि छानबिन समिति नै गठन गरेको थियो ।
छानबिन समितिले उनलाई दोषी देखाउँदै बर्खास्त गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सोमबार निर्णय लिएको बताइएको छ ।
आजै सरकारले अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पनि बर्खास्त गरेकाे छ ।
प्रतिक्रिया