काठमाडौं - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण
सार्वजनिक विवरण अनुसार, कम्पनीले २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो ।सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।३७ प्रतिशत कम हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५.४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १०.१७ प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग १०.९० प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैया २८ पैसा घटेको छ ।
प्रतिक्रिया