नयाँ जनगणनासँगै वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या यकिन हुने

४ बर्ष अगाडि

काठमाडौं - नयाँ जनगणनासँगै वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या यकिन हुने देखिएको छ । नेपालमा तीन दशकअघि संस्थागतरूपमा वैदेशिक रोजगारीमा जाने क्रमको शुरूवात भएपनि वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था हालसम्म यकिन हुन सकिरहेको छैन । 

सरकारी निकायहरूले अनुमानका भरमा संख्या बताउने र त्यसैका आधारमा योजना बनाउँदै आएका छन् । कात्तिक २५ गतेदेखि शुरु भएको यस पटकको राष्ट्रिय जनगणनामा सोधिने ८० वटा प्रश्नहरूमध्ये केही प्रश्न वैदेशिक रोजगारमा गएका कामदारसँग पनि सम्बन्धित रहेका छन् । 

गैर आवासीय नेपाली संघ ९एनआरएनए०ले यी विवरणहरू सबैले नछुटाई भर्न सकियो भने अन्दाजमा सधैं जस्तो ८० लाखभन्दा बढी नेपालीहरु विदेशमा रहेको भनिरहन नपर्ने भन्दै कुन देशमा कति के गरेर बसेका छन् भन्ने तथ्यांक प्राप्त हुने बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया