वैदेशिक रोजगारका लागि इजरायल जानेको स्वास्थ्य परिक्षणका लागि चार अस्पताल, कुन-कुन ?

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा अस्पताल तोकेको छ । 

विभागले स्टार हस्पिटल जाउलाखेल, मेडिसिटी हस्पिटल भैसेपाटी, ह्याम्स हस्पिटल मन्डिखाटार र मनमोहन मेमोरियल हस्पिटल स्वंम्भु तोकेको छ । 

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न करोडौं लगानी गरी वर्षेनी राजस्व बुझाउँदै आएका स्वास्थ्य संस्थाहरूले भने इजरायलको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएनन् । 

विभागले स्वास्थ्य परीक्षण गर्दा प्रहरी चारित्रिक प्रमाणपत्र र राहदानी पेश गर्ने सम्बन्धी सूचना अनिवार्यरूपमा पेश गर्नुपर्ने बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया