काठमाडौं– सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई कार्यकाल नसकिँदै पदमुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार उनको ठाउँमा गणेश अधिकारीलाई नियुक्त गरिएको छ भने उनले सोमबार राती नै पदभार ग्रहण गरिसकेका छन् । उनलाई तीन वर्षअघि काँग्रेस नेृतत्वको सरकारले नियुक्र गरेको थियो ।
प्रतिक्रिया