कुन देशका नागरिक कति खुसी ?

७ बर्ष अगाडि


ग्यालप विश्व पोल सर्भेक्षणको आधारमा यसवर्ष पनि  विश्व खुसीको रिपोर्ट निकालिएको छ   ।१५६ राष्ट्रलाई समेटेर विश्व खुसी रिपोर्ट २०१८ निकालिएको हो । 
रिपोर्टअनुसार फिनल्याण्ड सबैभन्दा खुसी राष्ट्र भएको छ । नर्वे, डेनमार्क,आइसल्याण्ड र स्वीट्जरल्याण्ड त्यसपछिका शीर्ष पाचँभित्र रहेका छन् । 


यो रिपोर्टले राष्ट्र खुसीको मात्रामा परिवर्तन र स्थीरताको मापन गर्ने गर्छ । शीर्ष स्थानमा रहेका राष्ट्रहरुमा निकै झिनो फरक हुने भएकाले तिनमा आउने सानोतिनो तलमाथिले पनि शीर्ष स्थान बदलिने गर्छ । त्यसैले गर्दा पछिल्लो चार वर्षमा चार अलग अलग राष्ट्रहरुले शीर्ष स्थान ओगटेका छन् । यो रिपोर्टका लागि ६ विषयलाई आधार मानिएको थियो ः आय, राष्ट्रिय औसत आयु, सामाजिक सुरक्षा, स्वतन्त्रता, विश्वास र उदारता । यी मापनले राष्ट्रको समग्र खुसीको मापन गर्ने अनुमान गरिएको छ । खुसी राष्ट्रहरुमा यी आधारहरुको मात्रा राम्रो देखिन्छ ।


विश्वशक्ति राष्ट्र अमेरिका यो सुचिमा निरन्तर खस्किरहेको छ । सन् २०१८ मा अमेरिका १८औं स्थानमा रहेको छ । यो सुचि प्रकाशित हुन थालेदेखि को यो सबैभन्दा तल्लो अवस्था हो । यस्तै खुसी रिपोर्टमा ७५औंं स्थान रहेको पाकिस्तान दक्षिण एशियामा सबैभन्दा शीर्ष स्थानमा रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा कुल राष्ट्रिय उत्पादनको सट्टा कुल राष्ट्रिय खुसीलाई आधार बनाएको भुटान दक्षिण एशियाली राष्ट्रहरु मध्य दोश्रो स्थानमा रहेको छ । ऊ विश्वव्यापी रुपमा ९७ औं स्थानमा रहेको छ । दक्षिण एशियाली राष्ट्रहरुमा त्यसपछि नेपालको स्थान रहेको छ । विश्वव्यापी रुपमा नेपाल १०१औं स्थानमा रहेको छ । भारत भने बङ्लादेश(११५औं) , श्रीलङ्का(११६औं)भन्दा पनि पछाडि रहेको छ  । १३३ औं स्थानमा रहेको भारत पछि दक्षिण एशियाको अफगानिस्तानमात्र रहेको छ । अफगानिस्तान १४५ औं स्थानमा रहेको छ ।
उत्तरी छिमेकी राष्ट्र चीन सुचीको ८६ औं सङ्ख्यामा रहेर खुसी राष्ट्रको माझ तिर रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया