काठमाडौं - विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ । कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई खुला गर्ने भएको हो ।
विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ। कोरियाले यसअघि नेपालबाट कोरियामा रोजगारी गरेर फर्किएका कमिटेड कामदारलाई लिएको थियो ।
हाल इपिएस प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अगाडि बढाएको छ । कोरिया सरकारको नयाँ निर्णयअनुसार इपिएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार लैजाने भएको छ । श्रम स्वीकृति प्राप्त गरेका ६५ हजार नेपाली कामदार कोरियामा रहेका छन् ।
नेपाली कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानिक रूपमा भाषा परीक्षा उत्तीर्ण गरेर नेपाली कामदार कोरिया जान थालेका हुन् ।
प्रतिक्रिया