काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्किट लागेको छ ।
बोटलर्स नेपाल ९तराई० को शेयरमूल्य अघिलल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य प्रतिकित्ता ११ हजार ८२५ र मानुषी लघुवित्त वित्तीय संस्थाको १ हजार २१ दशमलव ५० पुगेको छ ।
यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१५ मा झरेको छ ।
कम्पनीको शेयरमा क्रेता भन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा कम्पनीको विक्री माग ५ लाख ३४ हजार ८२० कित्ता शेयर रहेको छ भने खरीद माग शून्य रहेको छ ।
प्रतिक्रिया