कारोबार खुलेको साढे २ घण्टाको अवधिमा पाँच कम्पनीमा उच्च खरीद माग, कुनमा कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज कारोबारको पहिलो दिन आइतबार बजार खुलेको साढे २ घण्टाको अवधिमा पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।

गुडविल फाइनान्स, ग्लोबल आइएमई समुन्त स्किम-१, सानिमा इक्विटी फण्ड, मेगा बैंक र माछापुच्छ्रे बैंकको उच्च खरीद माग रहेको हो । यी पाँच कम्पनी मध्ये सबैभन्दा बढी गुडविल फाइनान्समा ८ लाख २४ हजार ८७९ कित्ता खरीद माग रहेको छ ।

त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम-१ को ३ लाख ६६ हजार २७० इकाई, सानिमा इक्विटी फण्डको १ लाख ९९ हजार १९० इकाई, मेगा बैंकको १ लाख ७५ हजार ८०३ कित्ता र माछापुच्छ्रे बैंकको १ लाख ४७ हजार ६२४ कित्ता शेयर खरीद माग रहेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया