ङादी ग्रुप पावरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं - ङादी ग्रुप पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

कम्पनीको असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएको आठौँ वार्षिक साधारण सभाले  २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया