प्रि-ओपन सेसन  : करिब ४ अंक बढ्यो नेप्से परिसूचक

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।

गत बिहीबार ५९.५७ अंक घटेर २६९०.२९ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ३.७६ अंक बढेर २६९४.०५ विन्दुमा पुगेको हो । यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ ।

आज प्रि ओपन सेसनमा २१ कम्पनीको ७६ लाख २ हजार ७८० रुपैयाँ ८० पैसा बराबरको १२ हजार २६१ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया