काठमाडौं - बक्स अफिसमा भर्खरै सय करोड भारुभन्दा धेरैको व्यापार गरेको बलिउड फिल्म ‘सूयवंशी’ ओटिटी माध्यम ‘नेटफ्लिक्स’ले किनेको छ । नेटफ्लिक्सले सय करोड रुपैयाँ भारु तिरेर फिल्म प्रसारणका लागि खरिद गरेको हो ।
गत साता प्रदर्शनमा आएको फिल्मले हालसम्म निकै सफल व्यापार गरिरहेको छ । भारतसँगै अन्य देशहरुमा पनि फिल्मको व्यापारसँगै दर्शकले कोरोना कालपछि फिल्म क्षेत्रप्रति देखाएको चासो पनि उल्लेख्य छ ।
नेटफ्लिक्समार्फत् ओटिटीमा प्रसारण गर्नका लागि फिल्मलाई सय करोड भारु तिरेर किनिएको छ । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार फिल्म नेटफ्लिक्समा डिसेम्बर पहिलो सातादेखि प्रसारण हुनेछ ।
बलिउड निर्देशक रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सूर्यवंशी’ उनले निर्माण गरिरहेको ‘कप युनिभर्स’ अन्तर्गतको पछिल्लो फिल्म हो । फिल्ममा मुख्य भूमिकामा अक्षय कुमार र केट्रिना कैफले अभिनय गरेका छन् ।
प्रतिक्रिया