काठमाडौं - बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ७ करोड ५८ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४६।१९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड १८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २० करोड ७६ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि २४० रुपैयाँ ०७ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १३।४१ गुणा रहेको छ
प्रतिक्रिया