काठमाडौं - अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १३ करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २६ करोड ६९ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २२ करोड ५२ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर २४ करोड ९५ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा २० करोड ९९ लाख रूपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा ४२ करोड ५० लाख ८४ हजार रूपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२६ रुपैयाँ ८१ पैसा पुगेको छ ।
प्रतिक्रिया