काठमाडौं - नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पूर्व अध्यक्ष एवं नेपाल वैदेशिक रोजगार व्यवसायी संघका स्वर्गीय अध्यक्ष विष्णुप्रसाद गैरेको परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरेकोे छ । गैरेको गत बैशाखमा कोरोना भाइरस संक्रमणबाट निधन भएको थियोे ।
शुक्रबार एसोसिएसनको कार्यसमितिका पदाधिकारी, सदस्य तथा एसोसिएसनका पूर्व पदाधिकारीसहितको टोलीले स्व। गैरेकी धर्मपत्नी लक्ष्मी ढकाललाई उनको निवासमा सम्मान गर्दै ६ लाख रूपैयाँ हस्तान्तरण गरेकोे हो ।
एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालले स्वर्गीय पूर्व अध्यक्ष गैरेप्रतिको सम्मान र सहयोग स्वरूप उक्त रकम प्रदान गरिएको बताए ।
प्रतिक्रिया