काठमाडौं - वैदेशिक रोजगारी र अन्य कामका लागि कतार जाने नेपाली पुनः क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कतारले नेपालसहित १० मुलुकलाई कोरोना भाइरसको उच्च जोखिम सूचीमा राखेपछि क्वारेन्टिन बस्नुपर्ने भएको हो ।
कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेकोे जोखिमयुक्त मुलुकको सूचीमा नेपाल पनि परेको छ । सूचीमा नेपालसहित दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इजिप्ट, इण्डोनेशिया, फिलिपिन्स, सुडान र दक्षिण सुडान परेका छन् ।
कतारको पत्रिका द पेनन्सुला कतारले आगामी सोमबारदेखि नयाँ व्यवस्था लागू हुने बताएको छ । सोमबारपछि कतार आउनेले कम्तीमा एक हप्ता क्वारेन्टिन बस्नु पर्ने छ । कोरोनाविरुद्धको खोप, पीसीआर परीक्षणको व्यवस्था पहिलेकै नियम अनुसार हुने बताइएको छ ।
कतारले विश्वका १ सय ८१ मुलुकहरु खतरारहीत अर्थात हरियो सूचीमा राखेको छ । उक्त सूचीमा रहेका मुलुकहरुबाट कतार आउने नागरिकहरुलाई क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नु नपर्ने बताइएको छ । यसैगरी २१ मुलुक भनें रातो सूचीमा परेका छन् । रातो सूचीमा परेका देशबाट आउनेहरुले भने क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नुपर्छ ।
प्रतिक्रिया