बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच यही डिसेम्बरमा विवाह हुने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटलमा हुने बताइएको छ ।
हालैमात्र विक्की र कटरिनाको टिमका सदस्य होटलको व्यवस्थालाई जाँच गर्न त्यहाँ पुगेका थिए । होटललाई ७ देखि १२ डिसेम्बरसम्मलाई बुक गरिएको बताइएको छ ।
यद्यपि, कटरिना र विक्की दुवैले आधिकारिकरुपमा विवाहको खबरलाई स्वीकार भने गरेका छैनन् । निजी जीवनमा ‘रिजर्भ’ रहने कटरिना विवाहको खबर बाहिरिएपछि तनावमा रहेको बताइएको छ । यसबीच बलिउडका कयौँलाई कटरिना र विक्कीले डिसेम्बर ७ देखि ९ तारिखसम्म आफूलाई फ्री राख्न आग्रह गरिसकेका छन् ।
रिपोर्टका अनुसार विवाहमा दुईका नजिकका मित्रहरूलाई आमन्त्रण गर्न लागिएको छ । मिडिया रिपोर्टका अनुसार विक्की र कटरिनाको इन्गेजमेन्ट निर्देशक कबीर खानको मुम्बई स्थित घरमा गोप्यरुपमा भएको थियो ।
यसमा विक्की र कटरिनाको परिवारका सदस्य मात्र सहभागी थिए । कटरिना र एक था टाइगरका निर्देशक कबीर निकै नजिक रहेको बताइन्छ । कटरिनाले उनलाई राखी पनि लगाउने गरेकी छन् ।
प्रतिक्रिया