यो साता तीन कम्पनीको शेयर मूल्य नेप्सेमा सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काडमाडौं - यो साता विभिन्न तीन कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य नेप्सेमा सूचिकृत भएको हो । 

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड
मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ५.५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू।६१८।०१ तोकेको हो  । 

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई ९स्०।९८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ३९ हजार ५ सय ३५.२२ कित्ता सेयर सूचिकृत भएको हो ।

हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी 
हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को शेयर नेप्सेमा सूचीकृत भएको छ ।एचआईडिसीएलको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले साउन ५ गते देखि भदौ ८ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको थियो । त्यस मध्ये ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया