पेस्तोल ताकेर मार्न खोज्ने एक जना पक्राउ

४ बर्ष अगाडि

ताप्लेजुङ - पेस्तोल ताकेर ज्यान मार्ने उद्योग गरी फरार रहेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा बस्ने ३३ बर्षिय एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका ३३ बर्षिय कमल लिम्बू रहेका छन् । लिम्बूको साथबाट प्रहरीले म्यागजिन सहितको पेस्तोल १ थान र गोली २ थान तथा दाप सहितको खुकुरी १ थान फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता कैलाशकुमार अधिकारीले बताए । 

अभियुक्त कमलले मेरिङ्देन गाउँपालिका वडा नं खोजुङ्वा बस्ने २६ बर्षिय बिनोद नाल्बो लिम्बूलाइ कञ्चटमा हातहतियार पेस्तोल ताकी फरार रहेको अभियोग लागेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया