काठमाडौं - यस वर्षको ‘डबल ११’मा अलिबाबाको बिक्री ८.५ प्रतिशतले मात्रै बढेको छ । यो अहिलेसम्मकै सबैभन्दा सुस्त वृद्धि दर हो ।
अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले शुक्रबार प्रविधि कम्पनीहरुमाथि सरकारको बढ्दो नियमन र आपूर्ति श्रृंखलामा भएको कडाई तथा कोभिडको असर स्वरुप यस वर्षको वृद्धिदर खस्किएको जनाएको छ ।
नोभेम्बर महिनाको ११ दिनमा अलिबाबको बिक्री ५४०.३ युआन ९८४.५ अमेरिकी डलर पुगेको छ । अलिबाबाले सन् २००९ बाट ‘डबल ११’ किनमेल महोसत्वको शुरुवात गरेयता हरेक वर्षको बिक्री अघिल्लो वर्षभन्दा दोब्बर हुँदै गएको थियो जसले अमेरिकाको ब्ल्याक फ्राइडे र साइबर मन्डेलाई समेत ओझेलमा पारेको थियो ।
गत वर्षबाट एकदिवस किनमेल दिवसलाई धेरै दिनको बनाइएको थियो । यस वर्ष भने हरेक वर्ष दोब्बर हुने क्रम भंग भएको छ ।
प्रतिक्रिया