बेलारुसमा फसेका शरणार्थीबारे डब्लुएचओको चासो, रक्षा गर्न आग्रह

४ बर्ष अगाडि

एजेन्सी - बेलारुसमा फसेका शरणार्थीबारे विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले चासो व्यक्त गरेको छ । चिसो मौसममा उनीहरुको स्वास्थ्य अवस्थालाई लिएर डब्लुएचओले आप्रवासीको अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।

उनीहरुमध्ये धेरैलाई स्वास्थ्य सहायता चाहिएको सङ्गठनका युरोपका निर्देशक हान्स क्लुगेले बताएका छन् । बेलारुसको पश्चिमी सीमामा पोल्यान्डतर्फ हजारौँ आप्रवासी युरोपेली संघको क्षेत्रभित्र प्रवेश गर्ने आशामा बसिरहेका छन् । उनीहरु धेरैजसो इराक, सिरिया र यमनबाट आएका छन् ।

बेलारुसको सरकारी एयरलायन्सले इराकी, सिरियाली र यमनीहरुलाई टर्कीबाट आउने उडानमा प्रतिबन्ध लगाएको छ । टर्कीको अनुरोधमा बेलारुसले प्रतिबन्ध लगाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया