उपत्यकासहित देशभरको मौसम बद्ली, आजदेखि तीन दिनसम्म कस्तो रहने ?

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । हिजोसम्म आकाश सफा रहे पनि आज बिहानदेखि मौसम हल्का बद्ली भएको हो ।

वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको मौसमविदले जनाएको छ । मौसमविदका अनुसार मौसम बद्ली भए पनि पानी नपर्ने तर अबको तीन दिनसम्म मौसम यस्तै रहनेछ ।

बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भए पनि दिउँसोपख घाम लाग्ने मौसमविदले जनाएको छ । केही ठाउँमा कुहिरो लाग्नेछ ।

अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया