१८६ किलो गाँजासहित २ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - रौतहटबाट प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ट्रकमा लुकाएर ल्याइएको गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं. १२ का २५ वर्षीय ट्रक चालक सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङ रहेका छन् । उनीहरुलाई गौर नगरपालिका वडा नं. ४ गढवा टोलस्थित शिवाङगी पेट्रोलपम्म अगाडी गौर–चपुर सडक खण्डमा रोकी राखेको ना. ६ ख–५९४३ नं. को आइचर ट्रक चेकजाँचका क्रममा लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँचका क्रममा ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोका १८६ किलो गाँजा बरामद गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया