उरुग्वेमाथि अर्जेन्टिनाको जित, विश्वकप फुटबलको छनोट नजिक

४ बर्ष अगाडि

एजेन्सी - विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोली उरुग्वेमाथि १–० को जित हात पारेको छ । 

स्टाडियो काम्पेअन डेल सिग्लोमा खेलको सातौँ मिनेटमा पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिलाई जित दिलाउन पर्याप्त बन्यो । 

यो जितसँगै अर्जेन्टिना १२ खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा कायम रहँदा पराजित उरुग्वे १३ खेलबाट १६ अंकका साथ छैटौं स्थानमा छ । 

साथै अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिल छनोट भइसकेको छ भने अर्जेन्टिनाको पनि छनोट सम्भावना बलियो भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया