कुवेतको एक कम्पनीले आकर्षक सुविधासहित माग्यो नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - कुवेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेतको एक सहरमा रहेको al ahlea clrcle cleaning कम्पनीले ६० जना पुरुष कामदार र ४० जना महिला कामदार गरी जम्मा १०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३१ हजार माथिदेखि ५९ हजार माथि पाउनेछन् । इच्छुक कामदारले सरोन मेनपावर सर्भिसेस प्रालिको कार्यालय बानेश्वर  काठमाडौंमा मंसिर ३ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ 

४ बर्ष अगाडि

प्रतिक्रिया