पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने भन्दा नयाँ संक्रमितको संख्या बढी, ३ जनाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ।  

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ । 
 ब्ध हुने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया