सार्वजनिक यातायातमा खुद्रा छैन भन्दै टार्छन्  सहचालक, यात्रुबाट एक वर्षमा १ अर्ब ४६ करोड ठगी

४ बर्ष अगाडि

काठमाडौं - वागमती प्रदेशमा कात्तिक १ देखि लागू भएको नयाँ भाडा दरअनुसार सार्वजनिक सवारी साधन चढ्ना साथ ९५ किलोमिटरसम्म० १८ रुपैयाँ भाडा तिर्नुपर्छ । 

त्यस्तै, १० किमीसम्म २३ र १५ किमीसम्म २७ रुपैयाँ भाडा छ । तर, यात्रु भने यस्ता रुटमा २०, २५ र ३० रुपैयाँ तिर्न बाध्य छन् । कोही यात्रुले पैसा फिर्ता चाहिने अड्डी कसे धेरैजसो सहचालकले खुद्रा नभएको भनेरै टार्छन् । 

यात्रुहरुसँग हुने यो प्रकारको ठगीको हिसाब गर्ने हो भने त्यो अंक असामान्य देखिन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब २५ लाख यात्रु ९पटकमा गन्दा० सार्वजनिक सवारी प्रयोग गर्ने अनुमान छ ।

एउटा यात्रुले दैनिक दुई पटक सार्वजनिक यातायातका साधन चढ्दा चार रुपैयाँ बढी तिर्छ । यसरी एक महिनामा १२० रुपैयाँ र एक वर्षमा एक हजार ४४० रुपैयाँसम्म ठगिन्छ ।

यसरी हरेक यात्रु ठगिँदा यातायात व्यवसायीलाई भने मग्रमा ठूलो ठगी–नाफा हुने अवस्था सिर्जना भएको छ । अहिले ८० प्रतिशत यात्रु ठगिरहेको मान्ने हो भने काठमाडौं उपत्यकामा दैनिक २० लाख यात्रुले २ रुपैयाँ फिर्ता पाउँदैनन् अर्थात दैनिक करिब ४० रुपैयाँसम्म ठगी हुन्छ । 

यही सिलसिला चलिरहे यात्रुबाट एक वर्षमा १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी ठगी हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया