रु रु जलविद्युतले ३ करोड ३३ लाख नाफा कमायो, प्रतिसेयर आम्दानी कति पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४.७३ प्रतिशतले धेरै हो । 

गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड १८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ०.६६ प्रतिशतले बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ । 

गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७३ पैसा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया