एजेन्सी - भारतमा अहिलेसम्मकै सबैभन्दा ठुलो आइपिओ निष्कासन गरेको पेटीएमले राम्रो रेस्पोन्स पाएन । पछिल्लो समयको निष्कासनमा सबैभन्दा खराब प्रदर्शन पेटीएमले गरेको छ ।
यद्यपि अन्तिम दिनसम्म कम्पनीको निष्कासन भने ओभरसस्क्राइब भएको छ । माग भन्दा कम्पनीको निष्कासनमा १.८९ गुणा बढी आवेदन परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बुधवार कम्पनीको शेयरमा आवेदन दिने अन्तिम दिन रहेको थियो । बुधवार बेलुकी पाँच बजेसम्ममा रिटेल इन्भेष्टरले १.६६ गुणा मात्रै बढी आवेदन गरेका छन् ।
यसमा सर्वसाधारण आकर्षण न्यून देखिएको छ। किनकि क्वालिफाइड इन्टिच्युसनल बायर्ष (क्युआइबि)ले २.७९ गुणा बढी आवेदन गरेका छन्। कुनै पनि राम्रो निष्काशनमा सर्वसाधारण आकर्षण अत्याधिक हुने गर्छ ।
तर यसमा उनीहरूको आकर्षण कम देखियो भने नन् इन्टिच्युनल इन्भेष्टर(एनआइआइ)ले त उनीहरूका लागि छुट्टाइएको शेयर समेत खरिद गरेनन् । एनआइआइले २४ प्रतिशत मात्रै आवेदन गरे ।
कम्पनीले १८ हजार तीन सय रुपैयाँ जुटाउन भन्दै सार्वजनिक निष्कासन गरेको थियो । बुक बिल्डिङ विधिबाट निष्कासन गरिएको आइपिओको मूल्य दुई हजार ८० रुपैयाँ देखि २१ सय ५० रुपैयाँसम्म तोकिएको थियो ।
निष्कासनको पहिलो दिन १८ प्रतिशत मात्रै शेयर बिक्री भएको थियो भने दोस्रो दिन ४० प्रतिशत माथि उक्लिएको थियो । तेस्रो दिन अझै बढी आवेदन पर्ने अनुमान गरिएको थियो। तर अनुमान बमोजिम भने आवेदन परेन। जसले कम्पनी र लगानीकर्तालाई निराश पारेको हो ।
प्रतिक्रिया