एजेन्सी - ब्राजिल फिफा विश्वकप २०२२ कतारका लागि छनोट हुने तेस्रो टिम बनेको छ । दक्षिण अमेरिकन छनोटमा शुक्रबार विहान सकिएको खेलमा कोलम्बियालाई १(० गोलले पराजित गरेपछि ब्राजिलले कतारको टिकट पक्का गरेको हो ।
यसअघि युरोपबाट दुई टिमले विश्वकपमा स्थान पक्का गरिसकेका छन् । जर्मनीले युरोपियन छनोटको समूह ‘जे’ को विजेता र डेनमार्कले समूह ‘एफ’ को विजेता बन्दै विश्वकपमा स्थान पक्का गरेका थिए ।
कतार भने आयोजकको रुपमा स्वतस् छनोट भइसकेको छ । शुक्रबार ब्राजिलको जितमा लुकास पाक्युटाले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ७२ मिनेटमा गोल गरेका थिए ।
दक्षिण अमेरिकन छनोटमा ब्राजिल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ । ब्राजिलले छनोटमा ६ खेल बाँकी रहदै विश्वकपमा स्थान पक्का गरेको हो ।
प्रतिक्रिया