साउदीले उच्च दक्ष विदेशी कामदारलाई नागरिकता दिने

४ बर्ष अगाडि

काठमाडौं - साउदी अरबले उच्च दक्ष विदेशी कामदारलाई नागरिकता दिने निर्णय गरेको छ । बिहीबार शाही आदेश जारी गर्दै साउदी राजा सलमानले उक्त घोषणा गरेका हुन् । 

साउदी अरबले कानून विज्ञ, चिकित्सक, वैज्ञानिक, संस्कृति, खेलकुद र प्रविधिको क्षेत्रका विज्ञलाई नागरिकता प्रदान गर्ने निर्णय गरेकोे अरब न्युजले जनाएको छ ।

आफ्ना नागरिकलाई आन्तरिक रोजगारीमा प्राथकिकता दिने अभियान चलाएको साउदी अरबले उच्च दक्ष जनशक्तिलाई भने नागरिकता नै दिएर आमन्त्रण गरेको हो । 

साउदी सरकारको यो निर्णय भिजन २०३० लाई सफल बनाउने योजना अन्तर्गत आएको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया