नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन गर्नेहरूमा पूर्व प्रशासकदेखि पूर्व अध्यक्ष सम्म

४ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पदका लागि आवेदन दिने १२ पुगेका छन् । अर्थ मन्त्रालयका अनुसार अन्तिम समयमा आएर थप एक जना थपिए सँगै निवेदन दिनेको सङ्ख्या १२ पुगेको हो । 

१२ जनाको निवेदन परेसँगै आवेदन सङ्ख्या एक दर्जन पुगेको छ । निवेदन दिनेहरूमा नीरज गिरी, डा। नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिन्जिबी चापागाईँ, कृष्ण प्रसाद आचार्य, गोपाल भट्ट,डा. केशव प्रसाद श्रेष्ठ,जीवन अमगाइ, रमेश हमाल,अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल रहेका छन् । 

धितोपत्र बोर्डको रिक्त पदकोलागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरी आवेदन माग गरेको थियो । निवेदन दिने बिहीबार अन्तिम दिन रहेको थियो । बिहीबार कार्यालय समयसम्म एक दर्जनले आवेदन गरेका हुन । 

आवेदन गर्नेहरूमा पूर्व प्रशासकदेखि पूर्व अध्यक्ष सम्म छन् । बोर्ड अध्यक्ष राजनीतिक नियुक्ति भएकोले पार्टीको लबिङ र लाइन मिल्नु पर्ने हुन्छ । प्रतिस्पर्धा उत्रिएका सबैले कुनै न कुनै लाइन समाएर आवेदन दिएको बुझिएको छ । 

बोर्ड अध्यक्ष राजनीतिक नियुक्ति भएकोले कसलाई नियुक्त गर्ने भन्ने विषयमा भने लगभग टुङ्गो लागिसकेको चर्चा बजारमा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया