रेडियो नेपालले माग्यो ३९ जना कर्मचारी, २१ दिनभित्र आवेदन दिन माग

४ बर्ष अगाडि

काठमाडौं - रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ । आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ ।

ईञ्जिनियर ३ जना माग भएको छ । सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ । १० जना प्राविधिक सहायक माग भएको हो । वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ । 

अन्य १९ जना भने विभिन्न पदका लागि छन् । लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत् यी पदमा पदपूर्ति गर्न लागिएको हो । आजदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया