काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) सूचीकरण हुन ढिलाई भइरहेको छ ।
सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे एक महिनासम्म पनि कम्पनीको शेयर सूचीकरण हुन नसकेको हो । कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भइरहेको छ ।
यस अघि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट रहेको थियो । अहिले कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ । सिभिल क्यापिटलले सिद्धार्थ क्यापिटललाई कम्पनीको शेयर हस्तातरण गर्न ढिलाई गर्दा शेयर सूचीकरणमा थप समय लाग्ने भएको हो ।
सिद्धार्थ क्यापिटलले शेयर हस्तातरण भएपछि तत्काल सूचीकरण प्रकृया अघि बढाउने जनाएको छ । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट गरेको छ ।
प्रतिक्रिया