काठमाडौं उपत्यकामा थपिए १५३ कोरोना संक्रमित

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा १५३ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ संक्रमित छन् ।

यस्तै काठमाडौं उपत्यकामा १४९९ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५१०, ललितपुरमा ४९७ र भक्तपुरमा ४९२ सक्रिय संक्रमित छन् । नेपालमा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ९ हजार ६०९ जनाको पिसिआर परीक्षण र ३०४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया