पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना पुष्टि हुँदा २७९ डिस्चार्ज, मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९ पीसीआर परीक्षणमा ३०१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया